काठमाण्डौ । चिसोले गर्दा जाजरकोटमा भूकम्प प्रभावित कर्णबहादुर विश्वकर्माको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँ निवासी ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको चिसोकै कारण मृत्यु भएको जनाइएको छ ।
पालको बसाइले बिरामी भएपछि कर्णबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । कडा निमोनियाँ देखिएपछि त्यहाँ उपचार नभएपछि प्रदेश अस्पताल सुर्खेत रेफर गरेर सुर्खेत लगिएको थियो । उपचारकै क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको छोरा रूपलाल विकले बताए।
भूकम्पपछि त्रिपालमुनि चिसोका कारण मृत्यु हुनेको सङ्ख्या जाजरकोटमा ३१ र रुकुम पश्चिममा ५ गरी ३६ जनाको मृत्यु भैसकेको छ । भूकम्प पीडितहरू हिउँदको कठ्याङ्ग्रिँदो चिसोमा त्रिपालमुनि रात कटाउन बाध्य छन् ।
अर्थ चाैतारी ।