काठमाण्डाै । स्मार्टफोन ब्रान्ड रियलमीले आज नेपालमा रियलमी नार्जो सिरीज अन्तर्गत नार्जो ५० सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार माइटी पर्फमेन्स बुस्टेड नार्जो ५० स्मार्टफोनमा रहेकोे उत्कृष्ट प्रोसेसर, उत्कृष्ट डिस्प्ले, छिटो चार्ज गर्ने क्षमता र लामो समयसम्म चल्ने ब्याट्री लाइफको साथ गेमिङ उत्साहीहरुको मन जित्नेछ। यस श्रेणीमा उत्कृष्ट गेमिङ प्रोसेसर प्रस्तुत गर्दै मेडियाटेक हेलियो जि९६ द्वारा सञ्चालित नार्जो ५० ले दुई कोर्टेक्स–ए७६ कोर र छ वटा कोर्टेक्स–ए५५ कोरको २.० गिगाहर्ज का साथ उत्कृष्ट प्रदर्शन ल्याउँछ। यो १८० हर्जको टच स्याम्पलिङ्ग दरको र अल्ट्रा–स्मूथ १२० हर्ज रिफ्रेस दरको साथ ६.६ इन्च डिस्प्लेको साथ आउँछ जसले युवा गेमरहरुलाई सबैभन्दा सहज प्रदर्शन प्रदान गर्दछ। यो स्मार्टफोनमा लामो समय टिक्ने ५००० एमएएच् ब्याट्री छ र यसको ३३ वाट डार्ट चार्जिङले ७० मिनेटमै १०० प्रतिशत ब्याट्री चार्ज गर्न सक्ने कम्पनीको दाबी छ।
रियलमी नार्जो ५० मा विशिष्ट डाइनेमिक र्याम विस्तारको प्रविधि प्रयोग गरिएको छ, जसले नार्जोका गेमरलाई ११ जिबी र्यामसम्म विस्तार गरेर सहज अनुभव प्रदान गर्दछ। ५० एमपी एआई ट्रिपल क्यामेराका साथ उपलब्ध यो फोनले रातको समयमा उत्कृष्ट र गुणस्तरीय फोटो खिच्नुका साथै रातको शट लिँदा स्पष्ट र चम्किलो विवरणहरु ल्याउँछ। यसमा ५० एमपी ईमेज सेन्सर सहितको प्राइमरी क्यामेरा पनि राखिएको छ जसले पर्याप्त लाईट सुरक्षित राख्दछ र तस्बिरहरुलाई अझ स्पष्ट र उज्यालो बनाउँछ। सुपर क्लोज फोकस दूरीको साथ म्याक्रोे लेन्सले प्रयोगकर्ताहरुलाई विवरणसहितको म्याक्रोे फोटो खिच्न र बी एण्ड डब्लु लेन्सले पोट्र्रेटहरुका लागि कलात्मक प्रभाव प्रदान गर्दछ।
रियलमी नार्जो ५० मा रेसिङ कारहरुबाट प्रभावित १७४ ग्राम तौल र ८.५ मिमि मोटाई भएका केभ्लार स्पिड टेक्स्चर डिजाइन जस्ता फिचर्स छ, यसको साइडमा पावर वटनका साथ अल्ट्रा फास्ट फिङ्गर प्रिन्ट दुवैको प्रावधान एकै वटनमा उपलब्ध छ। यो फोन दुई भिन्न आकर्षक रङ्गहरु स्पीड ब्ल्याक र स्पीड ब्लूमा उपलब्ध छ र दुई स्टोरेज भेरियन्टहरु ४+६४ जिबी मूल्य रु. २२ हजार ९९९ र ६+१२८ जिबी मूल्य रु. २६ हजार ४९९ मा उपलब्ध छ।
अर्थ चाैतारी ।