logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • निफ्रामा रहेको १० लाख ८० हजार कित्ता शेयर बेच्दै आइएमई लिमिटेड

    निफ्रामा रहेको १० लाख ८० हजार कित्ता शेयर बेच्दै आइएमई लिमिटेड

    325
    SHARES
    निफ्रामा रहेको १० लाख ८० हजार कित्ता शेयर बेच्दै आइएमई लिमिटेड

    काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)मा आइएमई लिमिटेडको स्वामित्वको १० लाख ८० हजार कित्ता शेयर बिक्रीमा राखिएको छ।



    आइएमईको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई निफ्राका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

    बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ संस्थापक शेयरधनीहरुले निवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी कबोल गर्न सक्नेछन्।

    शेयर खरिदका लागि निवेदन काठमाण्डौको बानेश्वरस्थित बैंकको रजिस्टर्ड कार्यालयस्थित कानुन विभागमा पेस गर्न सकिनेछ। यसका लागि ३५ दिनको समय दिइएको छ।

    इच्छुक संस्थापक शेयरधनीले तोकिएको अवधिभित्र शेयर खरिदका लागि निवेदन नदिएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने निफ्राले जनाएको छ।


    अर्थ चाैतारी
  • बुधबार, २० जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट