logo

२०८३ जेष्ठ २०, बुधबार

logo
  • २०८३ जेष्ठ २०, बुधबार
  • गभर्नर निलम्बनबारे अर्थमन्त्रीः छानविन रिपोर्टले सबै जवाफ दिनेछ

    गभर्नर निलम्बनबारे अर्थमन्त्रीः छानविन रिपोर्टले सबै जवाफ दिनेछ

    6.4K
    SHARES
    गभर्नर निलम्बनबारे अर्थमन्त्रीः छानविन रिपोर्टले सबै जवाफ दिनेछ

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीको निलम्बनबारे छानविन कमिटीले रिपोर्ट पेश गरेपछि सवै कुरा थाहा हुने बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले  गभर्नरको कानुनसम्मत भएको दाबी गरे । उनले छानविन कमिटी बनिसकेको अवस्थामा गभर्नर निलम्बनबारे धेरै कुरा भन्न नमिल्ने बताए ।



    ‘राष्ट्र बैंक ऐनअनुसार नै गर्भनर निलम्बन गरेका हौ’ मन्त्री शर्माले भने, ‘किन गरियो भन्ने बारेमा हामीले छानविन कमिटी बनाएका छौं । त्यो कमिटीले छानविन गरेर हामीलाई रिपोर्ट दिनेछ । त्यो रिपोर्टले सबै प्रश्नको जवाफ दिनेछ ।’ उनले छानबिन कमिटीले एक महिनाभित्र रिपोर्ट दिएपछि सवै कुरा सार्वजनिक हुने पनि बताएका छन् ।

    अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रबारे गलत हल्ला फैलाएर राजनीतिकरण गरिएको समेत बताए । उनले नेपालको अर्थतन्त्र सकारात्मक दिशातर्फ जाने समेत बताए ।


    अर्थ चाैतारी
  • सोमबार, २८ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट