logo

२०८३ जेष्ठ २०, बुधबार

logo
  • २०८३ जेष्ठ २०, बुधबार
  • सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो

    सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो

    4.2K
    SHARES
    सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो

    काठमाण्डौ । सुनको भाउ आज पुनः बढेको छ। केही दिनदेखि निरन्तर बढिरहेको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेर एक लाख दुई हजार रुपैयाँमा पुगेको छ।



    यो साताभरमा सुनको भाउ तोलामा १७ सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हप्ताको पहिलो दिन आइतबार तोलामा एक लाख ३ सय रुपैयाँ रहेको सुनको भाउ हप्ताको अन्तिम दिन शुक्रबार एक लाख दुई हजार रुपैयाँमा पुगेको महासंघको भनाइ छ।

    सोमबार दुई सय रुपैयाँले घटेको सुनको भाउ मंगलबार फेरि ८ सय रुपैयाँले बढेर एक लाख ९ सय रुपैयाँमा पुगेको थियो। यस्तै, बुधबार तोलामा ६ सय रुपैयाँले बढेको सुनको एक लाख एक हजार ५ सय रुपैयाँ पुगेको थियो। बिहीबार नयाँ वर्षका दिन सार्वजनिक बिदा भएकाले सुन चाँदीको नयाँ भाउ तोकिएन। आज हप्ताको अन्तिम दिन फेरि ५ सय रुपैयाँले भाउ बढेर एक लाख दुई हजार रुपैयाँ पुगेको हो।

    यस्तै, आज चाँदीको भाउ पनि बढेको छ। चाँदी आज तोलामा १५ रुपैयाँले बढेर १४ सय १५ रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ। समग्रमा चाँदी यो हप्ता तोलामा ५० रुपैयाँले बढेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २ बैशाख २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट