logo

२०८३ जेष्ठ २०, बुधबार

logo
  • २०८३ जेष्ठ २०, बुधबार
  • सामसङ इलेक्ट्रोनिक्सले जित्यो एकै पटक ७१ वटा अन्तर्राष्ट्रिय अवार्ड

    सामसङ इलेक्ट्रोनिक्सले जित्यो एकै पटक ७१ वटा अन्तर्राष्ट्रिय अवार्ड

    3.1K
    SHARES
    सामसङ इलेक्ट्रोनिक्सले जित्यो एकै पटक ७१ वटा अन्तर्राष्ट्रिय अवार्ड

    काठमाण्डौ । सामसङ इलेक्ट्रोनिक्सले अन्तर्राष्ट्रिय डिजाइन अवार्डमा एकैपटक तीनवटा गोल्ड मेडल सहित ७१ वटा अवार्ड जित्न सफल भएको छ । जर्मन अन्तर्राष्ट्रिय डिजाइन कम्पिडिसन २०२२ मा सामसङ इलेक्ट्रोनिक्से टेलिभिजन, स्मार्ट फोन र अन्य घरेलु उपकरण लगायतका विषयमा यी अवार्ड हात पार्न सफल भएको हो ।



    जर्मन अन्तर्राष्ट्रिय डिजाइन प्रतियोगिताको अन्तर्राष्ट्रिय फोरम (आइएफ) मा उसले विभिन्न नौ वटा विधामा ती अवार्ड हात पारेको हो । त्यसमध्ये प्रोटेवल स्क्रिन द फ्रीस्टाइल, मोवाइल फोन ग्यालेक्सी जेड फ्ल्पि ३ र वायरलेस भ्याकुम किलनर बेस्पोक स्लिमका लागि गोल्ड अवार्ड प्राप्त गरेको हो । प्रतियोगितामा सामसङका ५५ देशका ११ हजार सवमिसन मध्येवाट ती अवार्ड हाल परेको हो ।

    डिजाइन अवार्डका नौ विधामा उत्पादन, प्याकेजिङ, सञ्चार, व्यवसायिक अवधारणा, आन्तरिक वास्तुकला, वास्तुकला, सेवा अनुभव डिजाइन, प्रयोगकर्ताहरूमा भिन्नता र प्रभावको ब्यापक मूल्याङकन थिए । त्यसक्रममा सामसङ इलेक्ट्रोनिक्स डिजाइन सेन्टरका कार्यकारी उपाध्यक्ष जिन्सु किमले डिजाइनका लागि परिवर्तनशील मूल्यहरूलाई नवीन प्रविधिहरूसँग जोड्नु महत्वपूर्ण भएको बताए । उनले भने, ‘हामी एक अर्थपूर्ण अनुभव प्रदान गर्न प्रतिवद्ध छौं जसले ग्राहकहरुको विभिन्न मागहरु पुरा गर्दछ ।’


    अर्थ चाैतारी
  • शुक्रबार, २ बैशाख २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट