logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. बसौलालाई हटाउने सरकारको निर्णय

    स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. बसौलालाई हटाउने सरकारको निर्णय

    637
    SHARES
    स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. बसौलालाई हटाउने सरकारको निर्णय

    काठमाण्डौ । सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई हटाउने निर्णय गरेको छ । माघ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले डा. बसौलालाई कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको हो ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको सिफारिस अनुसार डा. बसौलालाई हटाइएको हो । मन्त्री बस्नेतले सर्वोच्च अदालतको आदेश विपरीत बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई हटाउनका लागि पुस २४ गते हटाउनका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेका थिए ।

     

    बसौलालाई हटाउने निर्णय पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

     

    सरकारले यसअघि उनलाई तीन महिनाका लागि निलम्बन गरेको थियो । उनले त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले निलम्बन रोकेको थियो । त्यसपछि बोर्ड फर्किएका उनलाई सरकारको निर्देशनअनुसार काम नगरेको भन्दै वर्खास्त गरिएको बताइएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १६ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट