logo

२०८३ जेष्ठ २०, बुधबार

logo
  • २०८३ जेष्ठ २०, बुधबार
  • सातामा २५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    सातामा २५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    3.5K
    SHARES
    सातामा २५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाण्डौ । यो साता सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अघिल्लो साताको शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँले बढेको हो ।



    महासंघका अनुसार अघिल्लो साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ५०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा बढेर १ लाख २ हजार रुपैयाँ पुगेको छ । यस्तै, गत साताको शुक्रबार तोलामा ९९ हजार रुपैयाँ रहेको तेजाबी सुनको मूल्य हाल १ लाख १ हजार ५०० रुपैयाँ छ ।

    यो साताको आइतबार बढेको सुनको मूल्य सोमबार ओरालो लागेको थियो । यस्तै, मंगबालबार बढेको सुनको मूल्य बुधबार फेरी घटेर प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँ कायम भएको थियो । विहीबार कारोबार नभएको सुनको मूल्य शुक्रबार पुनः उकालो लागेको महासंघले जनाएको छ ।

    यसैगरी, यस अवधिमा चाँदीको मूल्य पनि उकालो लागेको छ । गत साताको शुक्रबार प्रतितोला १३ सय ४५ रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबारसम्ममा प्रतितोला ६० रुपैयाँले बढ्दै १४ सय १५ रुपैयाँ पुगेको छ ।


    अर्थ चाैतारी
  • शनिबार, ३ बैशाख २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट