logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • पहिलो पटक नेपालमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइ स्थापना

    पहिलो पटक नेपालमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइ स्थापना

    1.5K
    SHARES
    पहिलो पटक नेपालमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइ स्थापना

    काठमाण्डौ । नेपालमा पहिलो पटक किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइ स्थापना भएको छ । मानसिक अस्पताल र बालअधिकारमुखी संस्था सिविन नेपालको सहकार्यमा किशोरकिशोरीका लागि छुट्टै मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सरकारी स्तरको एक मात्र मानसिक अस्पतालमा किशोरकिशोरीको मनोचिकित्सा तथा मानसिक स्वास्थ्य उपचारका लागि इकाईको स्थापना भएको हो ।



     

    कार्यक्रममा मानसिक अस्पतालका निर्देशक डा.अनन्त अधिकारीले किशोरकिशोरी मानसिक स्वास्थ्य इकाई सञ्चालनमा आए पछि अस्पतालको सेवा विस्तार मात्र नभएर जोखिममा रहेका समूहको समयमा उचित परामर्श र उपचारमा सहजता हुने बताए ।

     

    १२ शैयाको इकाईमा ६ वटा शैया जनरल र ६ वटा शैया सेमि जनरल छन् । इकाईमा मनोचिकित्सा, नर्सिङ, विशेष शिक्षक, समाजिक कार्यकर्ता गरि ३० जना कर्मचारीले सेवा प्रदान गर्ने छन् । इकाईका प्रमुख डा. अरुणराज कुवर, मानसिक अस्पतालकी नर्सिड प्रशासन प्रमुख शुशिला डंगोल, सिविनकी सुम्निमा तुलाधर लगायतले किशोरकिशोरीका लागि सञ्चालनमा आएको इकाईले किशोरकिशोरीको आवश्यकता अनुसार सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।


    अर्थ चाैतारी
  • शुक्रबार, २६ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट