logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • मानव मस्तिष्कबाट निकालियो विश्वमा पहिलोपटक जीवित कीरा

    मानव मस्तिष्कबाट निकालियो विश्वमा पहिलोपटक जीवित कीरा

    611
    SHARES
    मानव मस्तिष्कबाट निकालियो विश्वमा पहिलोपटक जीवित कीरा

    काठमाण्डौ । अस्ट्रेलियाकी एक महिलाको मस्तिष्कमा विश्वमै पहिलोपटक ८ सेन्टिमिटर लामो कीरा भेटिएको वैज्ञानिकहरुले बताएका छन्।



    यी महिला मूलतः इंग्ल्यान्डकी हुन्। गत वर्ष क्यानबेरामा एक महिलाको शल्यक्रिया गर्दा मस्तिष्कको अगाडिको भागमा क्षतिग्रस्त तन्तुबाट ‘तार जस्तो’ वस्तु निकालिएको थियो। यो रातो रङको कीरा महिलाको दिमागमा करिब २ महिनादेखि बसेको हुनुपर्ने वैज्ञानिकहरुको निष्कर्ष छ।

     

    वैज्ञानिकहरुले यो घटनाले जनावरबाट मानिसमा रोग र संक्रमण फैलाउने जोखिम कसरी बढ्दैछ भन्ने तर्कलाई बल पुर्याएको चेतावनी दिएका छन्। क्यानबेरा अस्पतालका संक्रामक रोग विशेषज्ञ डाक्टर सञ्जय सेनयेकले भने, ‘अपरेटिङ थिएटरमा रहेका सबैजना स्तब्ध भए जब डाक्टरले केही असामान्य देखे र यसलाई हटाए, जुन जीवित ८ सेन्टिमिटर लामो रातो कीरा थियो।’

     

    ‘यो पूर्णतया नयाँ प्रकारको संक्रमण हो, जुन आजभन्दा पहिले कुनै पनि मानिसमा भेटिएको थिएन’, सेनयेकले भने।

     

    अस्ट्रेलियामा पाइने कार्पेट पाइथन नामक सर्पमा यस्ता कीरा प्रायः पाइने चिकित्सकहरु बताउँछन्। वैज्ञानिकहरुका अनुसार सम्भवतः ती महिला तालको छेउमा बस्छिन् र वरिपरि फलेको हरियो सागसब्जी खाएर यो कीरा उनको दिमागमा पुगेको हुन सक्छ।

     

    इमर्जिङ इन्फेक्सियस डिजिजेज जर्नलमा अस्ट्रेलियाका विज्ञ मेहराब हुसेनले अनुमान गरेका छन् कि ती महिलाले अजिंगरको मल र परजीवीको अन्डाबाट दूषित पातहरु खाएकी हुन सक्छ। ती महिलालाई जनवरी २०२१ को अन्तिम हप्तामा अस्पतालमा भर्ना गरिएको थियो। अहिले ती महिला निको भइरहेकी छन्। –एजेन्सी


    अर्थ चाैतारी
  • आइतबार, २८ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट