logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • एमबिबिएस पढ्न जुम्लाको तातोपानी गाउँपालिकाले छात्रबृत्ती दिने

    एमबिबिएस पढ्न जुम्लाको तातोपानी गाउँपालिकाले छात्रबृत्ती दिने

    689
    SHARES
    एमबिबिएस पढ्न जुम्लाको तातोपानी गाउँपालिकाले छात्रबृत्ती दिने

    काठमाण्डौ । जुम्लाको तातोपानी गाउँपालिकाले हरेक वर्ष एकजनालाई एमबिबिएस पढ्नका लागि छात्रवृत्ति दिने निर्णय गरेको छ । पालिकाको १४औं गाउँसभाले एमबिबिएस अध्ययन छात्रवृत्तिसम्बन्धी कार्यविधि २०८० पारित गरेको छ ।



    गाउँपालिकामा अहिलेसम्म डाक्टर पढेका जनशक्ति नभएको र बाहिरबाट आएर पनि कसैले सेवा गर्न नचाहेका कारण स्वास्थ्य सेवा प्रभावित भएको भन्दै गाउँपालिकाले यस्तो निर्णय गरेको हो । कार्यविधिमा चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण गाउँपालिका क्षेत्रभित्र बसोवास गर्ने एकजना जेहेनदार विद्यार्थीलाई एमबिबिएस अध्ययन छात्रवृत्ति उपलब्ध गराउने उल्लेख छ ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले हरेक शैक्षिक सत्रमा एकजनालाई छात्रवृत्तिमा एमबिबिएस पढाउने लक्ष्यसहित गाउँपालिकाले यस्तो निर्णय गरेको बताए। गाउँपालिकाको १४औं गाउँसभाले एमबिबिएस अध्ययन छात्रवृत्तिसम्बन्धी कार्यविधि २०८० पारित गरेको छ।

    एमबिबिएस पढ्न चाहिने खर्चको ५० प्रतिशत रकम पालिकाले बेहोर्ने गरी कार्यविधि तयार गरिएको प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले जानकारी दिए ।

    पालिकाले छात्रवृत्तिमा एमबिबिएस अध्ययनका लागि कार्यविधिमा कोषको व्यवस्था गरेको छ। उक्त कोषमा चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ जम्मा गरिएको छ। कार्यविधि तत्काल राजपत्रमा प्रकाशन गरेर अर्को शैक्षिक सत्रमै एमबिबिएस डाक्टर पढाउने कार्यविधि कार्यान्वयनमा आउने छ।


    अर्थ चाैतारी
  • आइतबार, २८ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट