logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • स्वास्थ्य बीमा बोर्डः अस्पतालहरुलाई दियो थप डेढ अर्ब दाबी भुक्तानी

    स्वास्थ्य बीमा बोर्डः अस्पतालहरुलाई दियो थप डेढ अर्ब दाबी भुक्तानी

    650
    SHARES
    स्वास्थ्य बीमा बोर्डः अस्पतालहरुलाई दियो थप डेढ अर्ब दाबी भुक्तानी

    काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत थप डेढ अर्ब रुपैयाँ दाबी भुक्तानी दिएको छ। बोर्डले चालू आर्थिक वर्ष २०८०–८१ को चौथो दाबी भुक्तानी किस्तावापत बिहीबार थप १ अर्ब ५६ करोड ४६ लाख ८८ हजार रुपैयाँ दाबी भुक्तानी दिएको हो ।



    बोर्डका अनुसार सातवटै प्रदेशका गरी कूल ३४० वटा स्वास्थ्य संस्थालाई दाबी भुक्तानी गरिएको हो । बोर्डले स्वास्थ्य सेवा प्रदायक अस्पताल तथा स्वास्थ्य स‌ंस्थालाई चालू आर्थिक वर्षको फागुन १० गतेसम्ममा चौथो पटक समेत गरी बोर्डका स्वास्थ्य सेवा प्रदायक स‌ंस्थालाई ४ अर्ब ९० करोड १६ लाख रुपैयाँ भन्दा बढी दाबी भुक्तानी गरेको छ। यसअघि गत पुस ८ गते १ अर्ब ७६ करोड ५३ लाख ६९ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

    बोर्डका अनुसार दोश्रो किस्तावापत ३३८ वटा स्वास्थ्य स‌ंस्थालाई कूल १ अर्ब ६९ करोड ६५ लाख रुपैयाँ भुक्तानी गरिएको छ। त्यसअघि पहिलो किस्तावापत ३३६ स‌ंस्थालाई गत असोज २ गते कूल १ अर्ब ४६ करोड ३८ लाख ५१ हजार रुपैयाँ सोधभर्ना गरिएको थियो ।


    अर्थ चाैतारी
  • शुक्रबार, ११ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट