logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सले आईपीओ जारी गर्दै

    क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सले आईपीओ जारी गर्दै

    1.2K
    SHARES
    क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सले आईपीओ जारी गर्दै

    काठमाण्डौ । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीले आगामी चैत ५ गते बस्ने साधारणसभामा प्राथमिक सेयर (आईपीओ) जारी गर्ने प्रस्ताव लैजाने भएको छ ।



    यससम्बन्धी प्रक्रियागत कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव साधारणसभाले पारित गर्नेछ । कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन आवश्यक परेमा संशोधन गर्ने अधिकार पनि सञ्चालक समितिलाई दिने प्रस्ताव साधारणसभाले पारित गर्नेछ ।

    ग्रामीण क्षेत्रसम्म बीमा सेवा विस्तार गर्ने लक्ष्यका साथ बीमा प्राधिकरणले ७ लघुबीमा कम्पनीलाई सञ्चालनका लागि स्वीकृति दिएको हो । यस्ता लघुबीमा कम्पनीहरुको चुक्ता पूँजी न्यूनतम ७५ करोड रुपैयाँ तोकिएको छ । सोही चुक्ता पूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्नेछन् ।


    अर्थ चाैतारी
  • सोमबार, १४ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट