logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • फाइभजी परिक्षण गर्न टेलिकमले सकेन, एनसेलले अनुमति मागे पनि सरकारले दिएन

    फाइभजी परिक्षण गर्न टेलिकमले सकेन, एनसेलले अनुमति मागे पनि सरकारले दिएन

    4.6K
    SHARES
    फाइभजी परिक्षण गर्न टेलिकमले सकेन, एनसेलले अनुमति मागे पनि सरकारले दिएन

    काठमाण्डाै । सरकारी स्वामित्वको मोबाइल सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले पाचौं पुस्ताको फाइभजी परिक्षण गर्न सरकारबाट स्वीकृति पाएको बर्षदिन वितिसक्दा पनि अलमलमै देखिएपछि निजी क्षेत्रको टेलिकम कम्पनी एनसेललाई पनि रोकेर राखेको छ ।



    नेपाल टेलिकमले चार वटा सहरमा परिक्षण गरेपछि मात्रै एनसेललाई फाइभजी परिक्षणका लागि बाटो खुल्ला गर्ने सरकारी पक्षको रणनीतिले समयमै फाइभजी परिक्षणमा नेपाल असफल बन्दै गएको हो ।

    नेपाल टेलिकमलाई तत्कालिन सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङको अध्यक्षता रहने राष्ट्रिय फ्रिक्वेन्सी नीति निर्धारण समितिले अघिल्लो बर्षको चैतमै तत्काल फाइभजी परिक्षण गर्न निर्देशन सहित अनुमति दिएको थियो । तर, नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरण बीचको आन्तरिक खटपटले डेढ बर्ष बित्नै लाग्दा पनि फाइभजी परिक्षणको मोडालिटी तयार हुन सकेको छैन ।

    उता, निजी क्षेत्रको मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले नियामक नेपाल दूरसञ्चार प्राधिकरण मार्फत सरकारसँग अनुमति मागेको झन्डै एक बर्ष बित्नैलाग्दा समेत परिक्षण अनुमति पाउन सकेको छैन ।

    नेपाल टेलिकमको असक्षमताकै कारण निजी क्षेत्रको एनसेललाई नयाँ प्रविधि सार्वजनिक गर्न निरुत्साहित गरिरहेको छ । एनसेलले गत बर्ष असोज दोस्रो साता नै फाइभजी परिक्षणको अनुमति मागेको थियो ।

    दूरसञ्चार प्राधिकरणले फाइभजी परिक्षण गर्न फ्रिक्वेन्सी ब्यान्ड समेत पहिचान गरिसकेको अवस्थामा टेलिकमको फाइभजी मोडालिटी समेत टुङ्गिएको छैन । टेलिकमले नयाँ नेतृत्व पाएपनि टेलिकम बाहिरका प्रबन्ध निर्देशक रहेकाले हालै कुनै निर्णय लिइसकेका छैनन् ।

    नेपाल दूरसञ्चार प्राधिकरण फ्रिक्वेन्सी शाखाका एक अधिकारीले नेपाल टेलिकमले फाइभजी परिक्षण गरेपछि मात्रै एनसेललाई स्वीकृति दिने लबिङ भएको जानकारी दिए । ‘फोरजी परिक्षण गर्दा पनि टेलिकमले काठमाडौं उपत्यका र पोखरामा परिक्षण गरिसकेको ६ महिनामा अनुमति दिइएको थियो’ ती अधिकारीले भने ‘अहिले गठबन्धन र राजनीतिक क्रियाकलापको कारण सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की अध्यक्ष रहने फ्रिक्वेन्सी नीति निर्धारण समितिको बैठक समेत बस्न सकेको छैन।’

    उनका अनुसार टेलिकमले मोडालिटी अन्तिम चरणमा पुर्याएको खबर भएपनि तत्काल फाइभजी परिक्षण सम्भव छैन । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एक अन्तराष्ट्रिय कार्यक्रममा सन २०२१ भित्र फाइभजी परिक्षण अनुमति गरिसक्ने र २०२५ सम्म देशभर बिस्तार गर्ने योजना सार्वजनिक गरेका थिए । तर, टेलिकमको ढिलाइकै कारण यो बर्ष पनि फाइभजी परिक्षण हुने/नहुने दुविधा रहेकाे प्राधिकरणकै अधिकारी बताउछन् ।

    नेपाल टेलिकमका प्रवक्ता सोभन अधिकारीले दुई महिना भित्र फाइभजी परिक्षणका लागी समान आइपुग्ने र त्यहि अनुसार परिक्षणको प्रक्रिया अघि बढाउने योजना रहेको बताए । ‘प्राधिकरणले प्रदान गरेको २६०० ब्यान्डको फ्रिक्वेन्सी अनुसारको उपकरण हुनु पर्ने भएकाले सप्लायरहरुलाई जिम्मा दिइसकेको छ’ अधिकारीले मेरोलगानीसँग भने ‘उपकरण आएपछि काठमाडौं लगायतका दुई सहरमा बिटिएस मार्फत लञ्च हुने छ।’


    अर्थ चाैतारी
  • मंगलबार, १३ बैशाख २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट