काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयरका लागि आवेदन खुला भएको छ । आज देखि खुला भएको हकप्रद सेयरमा चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर जारी गरेको हो ।
बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ रहेको छ ।
लगानीकर्ताले १ सय रुपैयाँ प्रतिकित्ता अंकित मूल्यमा आवेदन दिन सक्नेछन् । यो हकप्रद सेयरको लागि यसले माघ १५ गते बुक क्लोज भइसकेको छ यस कारण माघ १४ गतेसम्म कायम सेयर धनीले हकप्रद सेयरको लागि आवेदन दिन सक्नेछन् ।
मुक्तिनाथ क्यापिटल र कम्पनीको केन्द्रीय कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ ।
हकप्रद सेयरबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजना निर्माणको लागि आवश्यक पर्ने स्वपुँजीको लागि पीके हाइड्रोपावर प्रालीको संस्थापक सेयरमा लगानी गर्ने कम्पनीले जानकारी गराएको छ ।
अर्थ चाैतारी ।