logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • आइपीओ ल्याउने प्रस्ताव पारित गर्दे सकियो नेपाल माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा

    आइपीओ ल्याउने प्रस्ताव पारित गर्दे सकियो नेपाल माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा

    780
    SHARES
    आइपीओ ल्याउने प्रस्ताव पारित गर्दे सकियो नेपाल माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा

    काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा चितवनको भरतपुरस्थित महर्जन कम्प्लेक्समा रहेको कम्पनीको प्रधान कार्यालयमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।



    सभाले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदनका साथै वासलात, नाफा, नोक्सान, हिसाव तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

    सभामा कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८०८१ को लेखापरिक्षण गर्न प्रियंका एण्ड एसोसिएटस्लाई नियुक्ति गर्ने निर्णय भएको छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्षमा आशिष श्रेष्ठ, तथा सदस्यहरुमा प्रबिना दाहाल, लतिका गोल्याण र सिद्धान्त झुनझुनवाला ४ वर्षका लागि सर्वसम्मत निर्वाचित भएका छन् ।

    त्यसैगरि स्वतन्त्र संचालकमा बद्री सिग्देललाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । सभाले किम्पनीको चुक्ता पूँजीको ३० प्रतिशत सर्वसाधारणलाई शेयर निष्काशन गर्ने सम्बन्धि निर्णय पारित गरेको छ । साथै सो सम्बन्धी सम्पूर्ण आवश्यक कार्यहरु गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने निर्णय पारित गरेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २१ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट