logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • अरुण भ्यालीको हकप्रद शेयरमा ११ हजार ३१० जनाले आवेदन दिए

    अरुण भ्यालीको हकप्रद शेयरमा ११ हजार ३१० जनाले आवेदन दिए

    780
    SHARES
    अरुण भ्यालीको हकप्रद शेयरमा ११ हजार ३१० जनाले आवेदन दिए

    काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रदमा ११ हजार ३१० जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात फागुन २२ गते साँझ ५ः०५ बजेसम्म २७ लाख ५१ हजार ३५३ कित्ता बराबरको २७ करोड ५१ लाख ३५ हजार ३०० रुपैयाँको आवेदन परेको हो ।



    कम्पनीको चुक्ता पूँजी एक अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरले हुन आउने एक करोड ६८ लाख ७९ हजार ६२६ कित्ता शेयर शतप्रतिशत अर्थात १ः१ अनुपातमा फागुन १७ गते देखि चैत्र ७ गतेसम्म बिक्री खुला गरिएको हो । कम्पनीले माघ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुका लागि शेयर बिक्री खुला गरेको हो ।

    आवेदकले कम्पनीको केन्द्रीय कार्यालय, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकको तोकिएका शाखा कार्यालय, तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

    हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।


    अर्थ चाैतारी
  • बुधबार, २३ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट