logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • अस्ट्रेलियामा ११ वर्षपछि ब्याजदर बढ्यो, घरेलु बजेट प्रभावित हुने अनुमान

    अस्ट्रेलियामा ११ वर्षपछि ब्याजदर बढ्यो, घरेलु बजेट प्रभावित हुने अनुमान

    4.3K
    SHARES
    अस्ट्रेलियामा ११ वर्षपछि ब्याजदर बढ्यो, घरेलु बजेट प्रभावित हुने अनुमान

    काठमाण्डौ । अस्ट्रेलियामा ११ वर्षपछि ब्याजदर वृद्धि गरिएको छ। अस्ट्रेलियाको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ अस्ट्रेलिया (आरबीए)’ले ११ वर्षपछि ब्याजदर वृद्धि गरेको हो।



    देशमा बढ्दो मुद्रास्फीतिको समस्यासँग जुध्न आरबीएले ब्याजदर ०.३५ प्रतिशतले वृद्धि गरेको हो। अहिले अस्ट्रेलियामा मुद्रास्फीति दर २१ वर्षकै उच्च विन्दुमा पुगेको छ। अस्ट्रेलियाको मुद्रास्फीति दर ५.१ प्रतिशत रहेको छ। यद्यपि मुद्रास्फीति दर उच्च भए पनि देशमा बेरोजगारको संख्यामा कमी आएको र ज्याला बढेको आरबीएका गभर्नर फिलिप लोईले बताए।

    यसअघि अस्ट्रेलियामा सन् २००७ मा ब्याजदर वृद्धि भएको थियो। त्यसयता ब्याजदर बढाइएको थिएन। अस्ट्रेलिया सरकार चुनावको तयारीमा रहेका बेला भएको ब्याजदर वृद्धिले त्यहाँको घरेलु बजेट प्रभावित हुने जनाइएको छ।


    अर्थ चाैतारी
  • बुधबार, २१ बैशाख २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट