logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • अर्थमन्त्रीको निर्देशनपछि पाइपालनमा रहेको आइपीओ स्वीकृती दिने तयारीमा धितोपत्र बोर्ड

    अर्थमन्त्रीको निर्देशनपछि पाइपालनमा रहेको आइपीओ स्वीकृती दिने तयारीमा धितोपत्र बोर्ड

    1K
    SHARES
    अर्थमन्त्रीको निर्देशनपछि पाइपालनमा रहेको आइपीओ स्वीकृती दिने तयारीमा धितोपत्र बोर्ड

    काठमाण्डौ। नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासन (आईपीओ) पाइपलाइनमा रहेका र प्रक्रिया पूरा गरेका कम्पनीलाई क्रमबद्ध रुपमा स्वीकृति दिने भएको छ।अध्यक्ष पद रिक्त भएपछि करिब तीन महिनादेखि आईपीओ निष्कासन स्वीकृतिको बिषय शून्य भएको थियो ।



    तर, अर्थमन्त्री वर्षमान पुनले कुनै कैफियत नदेखिएका, कुनै निकायमा बक्यौता नरहेका र सही रूपमा प्रक्रिया पूरा गरेका कम्पनीलाई निष्कासन अनुमति नरोक्न भनेसँगै बोर्डले तयारी गरेको छ ।सम्भवत यसै साता बोर्ड बैठक बसेर प्रक्रिया पूरा गरेका र अंकित मूल्यमै जारी गर्न आवेदन दिएका केही कम्पनीलाई स्वीकृति दिन सकिने बोर्डका कार्यकारी निर्देशक तथा निमित्त प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

    ‘कुनै कैफियत नदेखिएका, बक्यौता नरहेका, प्रक्रिया पूरा गरेका कम्पनीलाई आईपीओ निष्कासन स्वीकृति दिने काम नरोक्नुस् भनेर अर्थमन्त्रीले निर्देशन दिइसक्नुभएको छ, सोही अनुसार अब बोर्डले स्वीकृतिको काम अघि बढाउँछ,’ कार्यकारी निर्देशक अधिकारीले भने ।

    अधिकारीका अनुसार प्रिमियममा आईपीओ जारी गर्न खोजेका कम्पनीले पनि हाललाई निष्कासन स्वीकृति पाउने छैनन् । हाल धितोपत्र बोर्डमा कुल ३५ कम्पनीले आईपीओ अनुमति माग गर्दै स्वीकृति पर्खाइमा छन् । जसमध्ये पाँच कम्पनीले प्रिमियममा आईपीओ जारी गर्न अनुमति मागेका छन् ।


    अर्थ चाैतारी
  • विहिबार, २२ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट