logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • निजी प्रयोजनका कार, जीप र भ्यानको एलसी खोल्न नाडाको माग

    निजी प्रयोजनका कार, जीप र भ्यानको एलसी खोल्न नाडाको माग

    6.9K
    SHARES
    निजी प्रयोजनका कार, जीप र भ्यानको एलसी खोल्न नाडाको माग

    काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले निजी प्रयोजनका हल्का कार, जीप र भ्यानको प्रतितपत्र (एलसी) खोलिदिन सरकारसँग माग गरेको छ । नाडाले शुक्रबार नेपालमा अटोमोबाइल क्षेत्रको योगदान र यस व्यवसायमा देखा परेका समस्याहरुलाई केलाउदै सरकारसँग यस्तो माग गरेको हो ।



    एक खर्ब रुपैयाँ भन्दा बढीको लगानी रहेको, हरेक बर्ष एक खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी राजश्वमा योगदान पुर्‍याउँदै आएको र एक लाखभन्दा माथिकालाई प्रत्यक्ष रुपमा रोजगारी दिइरहेको अटोमोबाइल क्षेत्रलाई राज्यले उपेक्षा गर्न नहुने नाडाले बताएको छ ।

    उसो त सरकारले पछिल्लो समय तीब्र आयातका कारण विदेशी मुद्राको सञ्चितिमा दबाब परेपछि विलासिताको वस्तु भन्दै गाडीको आयातमा रोक लगाउँदै एलसी बन्द गरेको थियो । योसँगै नाडाले केही दिनअघि मात्रै निजी प्रयोजनका कार, जीप र भ्यानको आयात खुल्ला गरिदिन अर्थ मन्त्रालयसँग माग गरेको थियो ।


    अर्थ चाैतारी
  • शुक्रबार, १३ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट