logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • ८ अंकले घट्यो सेयरबजार, पौने ४ अर्बको कारोबार

    ८ अंकले घट्यो सेयरबजार, पौने ४ अर्बको कारोबार

    741
    SHARES
    ८ अंकले घट्यो सेयरबजार, पौने ४ अर्बको कारोबार

    काठमाण्डौ । सेयरबजार बिहीबार ८.२४ अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से उक्त अंकले घटेसँगै २०५१.९२ विन्दुमा छ।



    दिनभरिमा ८९ लाख कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। सोसँगै कुल कारोबार ३ अर्ब ७१ करोड ५९ लाख रुपैयाँ छ। आजको कारोबारमा ४७ कम्पनीको मूल्य बढे पनि १८८ कम्पनीको घटेको र ११ कम्पनीको अघिल्लो मूल्यमै किनबेच भएको छ।

    आज नेपाल फाइनान्सको सेयरमा नकारात्मक सर्किट लाग्दा लगानीकर्ताले १०३.३० रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। आज शिवश्री हाइड्रोपावर, साधना लघुवित्तलगायतको सेयर घटेको छ। यता बढेका सेयरमा लगानीकर्ताले ७.०९ प्रतिशतसम्म प्रतिसेयर आम्दानी गरेका छन्। नेपाल फाइनान्सकै आज सर्वाधिक २२ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ।


    अर्थ चाैतारी
  • विहिबार, १४ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट