logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • युनिटी बचत तथा ऋण सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

    युनिटी बचत तथा ऋण सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

    1.7K
    SHARES
    युनिटी बचत तथा ऋण सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

    काठमाण्डौ । काभ्रेपलाञ्चोकको बनेपा ८ स्थित वाँख्योटोलमा रहेको युनिटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिका अध्यक्ष कृष्णलाल शुद्दकार र कोषाध्यक्ष निरज राजवंशी पक्राउ परेका छन्।



    उनीहरुविरुद्ध ३० जना बचतकर्ताले ठगी गरेको भन्दै जाहेरी दिएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो। बचतकर्ताले २ करोड ८३ लाख ११ हजार १६४ रुपैयाँ ठगीको मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ। दुवै जनालाई प्रहरीले सोमबार बनेपा ८ बाट पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।


    अर्थ चाैतारी
  • सोमबार, १८ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट