logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • सहकारी समस्या र समाधानका उपाय खोज्न राष्ट्रिय दलहरूलाई पत्राचार गर्ने समितिको निर्णय

    सहकारी समस्या र समाधानका उपाय खोज्न राष्ट्रिय दलहरूलाई पत्राचार गर्ने समितिको निर्णय

    754
    SHARES
    सहकारी समस्या र समाधानका उपाय खोज्न राष्ट्रिय दलहरूलाई पत्राचार गर्ने समितिको निर्णय

    काठमाण्डौ । सहकारी संस्थाको बचत रकम दुरुपयोगमा संसदीय विशेष छानबिन समितिले सहकारी क्षेत्रका समस्याहरू समाधानका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता दलहरूलाई पत्राचार गर्ने निर्णय गरेको छ ।



     

    मंगलबार बानेश्वरमा बसेको समितिको बैठकले राष्ट्रिय दलहरूलाई लिखित पत्राचार गर्ने निर्णय गरेको हो । बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै सभापति सूर्य थापाले सहकारी क्षेत्र आर्थिक क्षेत्रमात्र नभएकाले राजनीतिक दलहरूको सहयोगको अपेक्षा गरेको बताए ।

     

    ‘यो क्षेत्रका समस्याहरू समाधान गर्नका निम्ति प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई समस्या बुझाइ र समाधानका उपायहरू लिखित रूपमा छानबिन विशेष समितिलाई उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको छ । राजनीति क्षेत्रबाट पनि यो अपेक्षा गरेका छौँ, किनभने संगठित रूपमा सहकारी क्षेत्रको विकास, प्रवर्द्धन र व्यवस्थापनमा राजनीतिक दलहरू जिम्मेवार छन् । दलका विभिन्न व्यक्तिहरू संलग्न छन् । शुद्धीकरण र समाधानका निम्ति पनि राजनीतिक क्षेत्र जबाफदेही ढंगले छानबिन अभियानमा साथसाथै रहनुपर्छ भन्ने हाम्रो मान्यता छ ’, उनले भने ।

    मंगलबारको बैठकमा मुख्य राष्ट्रिय सहकारी महासंघ, बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड र राष्ट्रिय सहकारी बैंक लिमिटेडका वर्तमान र पूर्वपदाधिकारी र कर्मचारीहरूसँग विभिन्न विषयमा छलफल गरेको उनले बताए । अर्को बैठक २० गते बस्ने सभापति थापाले जानकारी दिए ।


    अर्थ चाैतारी
  • मंगलबार, १९ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट