logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • बीमा रकम हत्याउन आफ्नै पसलको २ करोडको सुनचाँदी चोरीको नाटक

    बीमा रकम हत्याउन आफ्नै पसलको २ करोडको सुनचाँदी चोरीको नाटक

    1.1K
    SHARES
    बीमा रकम हत्याउन आफ्नै पसलको २ करोडको सुनचाँदी चोरीको नाटक

    काठमाण्डाै । बीमा रकम हत्याउनका लागि सञ्चालकले आफ्नै पसलको सुनचाँदी तथा हिराका गरगहना लुटपाट गराएको तथ्या फेला परेको छ । चितवनका बिनोद सुनारले बीमा वापतको रकम हत्याउनका लागि आफ्नै सुनचाँदी पसल चोरी गर्न लागाएको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले बताएको छ ।



     

    ब्यूरोका अनुसार निजले २ करोड १७ लाख ५४ हजार ४१५ रुपैयाँ बराबरको आफ्नै पसलको गरगहनाहरु चोरी गर्न लागाएका थिए । घटना असार १ गते राति ८ः२० बजेको हो । कालिका नगरपालिका खोलेसिमलस्थित तेज प्रसाद खनालको घरको पहिलो तलामा सुनारले सञ्चालन गरेको बिनोद सुनचाँदी पसलमा अज्ञात २ जना पुरुष व्यक्ति सुपर स्प्लेण्डर मोटरसाईकल चढेर आएको थिए ।

    उनीहरुले पसलमा बसिरहेका व्यवस्थापक बिजय विश्वकर्मा र बापिधर गौतमलाई धारिलो हतियार खुकुरी र चक्कु घाँटीमा राखी डरत्रास देखाएर पसल भित्र राखिएको उक्त रकम बराबरको सुनचाँदी र हिराको विभिन्न डिजाईनका गरगहनाहरू लुटपाट गरेका थिए ।

     

    सोहि घटनाका सम्बन्धमा सीआईबी र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले अनुसन्धान गर्दा बिनोद सुन चाँदी पसलका सञ्चालक बिनोद सुनार स्वयमले योजना बनाई बीमा रकम ठगी गर्ने मनसायले चोरी तथा डाँका गर्न लगाएको खुलासा भएको छ । सीआईबीले उक्त कार्यमा संलग्न ५ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको पनि बताएको छ ।

    पक्राउ पर्नेहरुमा चोरी गर्न लगाउने मुख्य योजनाकार ३५ बर्षिय बिनोद सुनार, चोरी गर्न सहयोग गर्ने २५ वर्षिय बिजय बिश्वकर्मा, ५०वषिय पूर्ण बहादुर बिश्वकर्मा, १८ वर्षिय पवन कुमार पासवान र चोरी गरेको धनमाल लुकाउन सहयोग गर्ने ४२ वर्षिय अन्जना पुडासैनी छन् ।


    अर्थ चाैतारी
  • बुधबार, २० असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट