logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • रेल मार्गको अध्ययन गर्न आएको टोली चढेको गाडीमा आगजनी

    रेल मार्गको अध्ययन गर्न आएको टोली चढेको गाडीमा आगजनी

    754
    SHARES
    रेल मार्गको अध्ययन गर्न आएको टोली चढेको गाडीमा आगजनी

    चितवन । रेल मार्गको सर्भे गर्न आएको टोली चढेको सवारी साधनमा चितवनका स्थानीयले आगजनी गरेका छन् । रेल मार्गको सर्भे गर्न चितवन आएको टोलीको गाडीमा बुधबार स्थानीयहरूले आगजनी गरेका हुन् ।



    भरतपुर महानगरपालिका वडा नम्बर–७ कृष्णपुर पुगेको टोली चढेको गाडी नियन्त्रणमा लिएर आगजनी गरेको प्रहरीले जनाएको छ । रेल मार्गको सर्भेका लागि सो स्थानमा पुगेको आरएच कन्सल्टेन्सीको बागमती प्रदेश ०१–०३० च ७१९० नम्बरको गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

     

    प्रहरीका अनुसार पूर्वपश्चिम रेल मार्ग निर्माण गर्नका लागि हेटौंडाबाट बर्दघाटसम्म अध्ययन कार्य भइरहेको र सो कार्यका लागि कन्सल्टेन्सीको टोली उक्त स्थान पुगेको थियो । त्यसअघि भरतपुर–८ मा सर्भेको काम गरिएको थियो । भरतपुर–८ सकेर बुधबार बिहान वडा नम्बर–७ कृष्णपुरमा पुग्दा स्थानीयले नियन्त्रणमा लिएका थिए ।

     

    बस्तीबाट रेल मार्ग लान नपाइने भन्दै स्थानीयले विरोध जनाएका थिए । घना बस्ती भएको ठाउँबाट रेल मार्ग बनाउन उचित नहुने उनीहरूको तर्क रहेको छ । विगतदेखि नै विरोध गर्दै आएका स्थानीयले संघर्ष समिति नै बनाएर सरकार र सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउँदै आएका थिए । बस्तीलाई उजाड बनाएर रेल मार्ग लैजान नदिने र अहिले गरिएको सर्भे नै परिवर्तन गर्नुपर्ने उनीहरूको माग छ ।


    अर्थ चाैतारी
  • बुधबार, २ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट