logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • डेढ लाख घुस लिँदै गर्दा बीपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत पक्राउ

    डेढ लाख घुस लिँदै गर्दा बीपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत पक्राउ

    1.6K
    SHARES
    डेढ लाख घुस लिँदै गर्दा बीपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत पक्राउ

    चितवन । घुस लिँदै गर्दा भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला पक्राउ परेकी छन् ।



    अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले कोइरालाको साथबाट १ लाख ५० हजार रुपैयाँ नगद र ४ लाख ५० हजार रुपैयाँको चेक बरामद गरेको जनाइएको छ ।

    भरतपुरस्थित एक होटलबाट कोइरालालाई अख्तियारको टोलीले पक्राउ गरेको हो । उनले औषधी आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत घुस मागेको जनाइएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ६ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट