काठमाण्डौ । अर्थ मन्त्रालयले नेपालको अर्थतन्त्रमा विशेष गरी ४६ वटा चुनौतीको पहिचान गरेको छ। मन्त्रालयले ती चुनौतीलाई सामना गर्न २९ वटा क्षेत्रमा कदम चाल्न जरुरी रहेको पनि औँल्याएको छ।
अर्थतन्त्रमा देखा परेका चुनौती र तिनलाई सामना गर्ने उपायसम्बन्धी अर्थ मन्त्रालयका सचिव र सहसचिवले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ब्रिफिङ गरेका हुन्। उपप्रधान तथा अर्थमन्त्री पौडेलले ती समस्या र चुनौतीहरुको प्राथमिकीकरण गरी समाधान गर्दै अघि बढ्ने बताएको मन्त्रालयले जनाएको छ।
यी हुन् मन्त्रालयले पहिचान गरेका मुख्य चुनौती
अर्थतन्त्र
अर्थतन्त्रको संरचनागत चुनौती
सार्वजनिक खर्च
बैंकिङ क्षेत्र
• कर्जा प्रवाहलाई उत्पादनमूलक क्षेत्रमा निर्देशित गर्न नसकिएको
• कर्जाको गुणस्तर बढाउने र बढ्न थालेको खराब कर्जालाई नियन्त्रणमा राख्ने चुनौती रहेको
• वित्तीय साधनको लागत घटाउने गरी मौद्रिक उपकरणहरुमा लचकता कायम गर्न नसकिएको
• वित्तीय क्षेत्रको नियमन प्रभावकारी हुन नसकेको
• वित्तीय सहकारीको नियमन फितलो रहेको
बाह्य क्षेत्र
• कमजोर निकासीको आधार एवम् उच्च व्यापार घाटा
• चालु खाता प्रायः घाटामा रहेको
• भ्रमण आय भन्दा भ्रमण खर्च उच्च रहेको
• विदेशी लगानी आप्रवाह अत्यन्त कमजोर रहेको
• वैदेशिक रोजगारीलाई थप प्रतिफलमुखी बनाउन नसकिएको
आगामी कार्यदिशा
• प्रभावकारी मागमा अभिवृद्धि गर्ने
• सार्वजनिक खर्चलाई औचित्यपूर्ण र थप प्रभावकारी बनाउने गरी प्राथमिकीकरण गर्ने
• पुँजीगत खर्च क्षमता अभिवृद्धि गर्ने
• वित्त सुदृढीकरणमा जोड दिने
• उत्पादनमा आधारित राजस्वमा जोड दिने
• ऋणको प्रभावकारी उपयोग गर्ने
• वित्त जोखिम कम गर्ने
• लगानीको वातावरण निर्माण गरी आर्थिक वृद्धिलाई गति दिने
• उत्पादनशील क्षेत्रमा लगानी बढाउने
• प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन यसका बाधा पहिचान गरी सुधार गर्ने
• जलविद्युत उत्पादन र प्रसारण लाइन विस्तारमा जोड दिने,गुणस्तरीय सडक सञ्जाल निर्माण गर्ने, ग्रामिण सडक संजाललाई कृषि उत्पादन र बजारीकरणसँग आबद्ध गर्ने
• पुँजीगत खर्चको प्रभावकारिता बढाई आर्थिक वृद्धिमा सहयोग पुर्याउने
• प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्दै सरकारी लगानीलाई आर्थिक पूर्वाधारमा केन्द्रित गर्ने
• बहुवर्षीय ठेक्काको सहमती दिइएका आयोजनाको स्रोत व्यवस्थापन गर्ने
• वैदेशिक अनुदान र सहुलीयतपूर्ण ऋणलाई राष्ट्रिय प्राथमिकताका क्षेत्रमा परिचालन गर्ने: जलवायुसँग सम्बन्धित कोषहरुको परिचालनमा जोड दिने
• सञ्चित कोषलाई सन्तुलित अवस्थामा राख्ने
• गैरबजेटरी मागलाई निरुत्साहित गर्ने
• कर्जा प्रवाहलाई उत्पादनमूलक क्षेत्रमा निर्देशित गर्ने
• कर्जाको गुणस्तर बढाउने र बढ्न थालेको खराब कर्जालाई नियन्त्रणमा राख्ने
• साना तथा मझौला उत्पादनमूलक व्यवसायलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउने
• वित्तीय क्षेत्रमा स्थायित्व कायम गर्दै वित्तीय साधनको लागत घटाउने गरी मौद्रिक उपकरणमा लचकता कायम गर्ने
• वित्तीय क्षेत्रको नियमनलाई प्रभावकारी बनाउने
• वित्तीय सहकारीको नियमन गर्न दोश्रो तहको नियामक संयन्त्र निर्माण गर्ने
• व्यापार घाटा नियन्त्रण गर्ने सम्बन्धी रणनीतिको कार्यान्वयनमा जोड दिने
• विदेशी लगानी आप्रवाह बढाउन नीतिगत र कानूनी सुधार गर्ने
• सम्झौता भएका सहुलीयतपूर्ण विदेशी ऋण र अनुदानलाई प्राथमिकताका क्षेत्रमा अधिकतम परिचालन गर्ने तथा शर्तहरुमा सुधार गर्ने
• वैदेशिक रोजगारीलाई थप प्रतिफलमुखी बनाउने (तालिम, सिप र गन्तव्य)
• युवाहरुलाई स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्ने
• विप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने
अर्थ चाैतारी ।