logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • चीन लैजान लागेको अमेरिकी डलरसहित एक जना पक्राउ

    चीन लैजान लागेको अमेरिकी डलरसहित एक जना पक्राउ

    1.5K
    SHARES
    चीन लैजान लागेको अमेरिकी डलरसहित एक जना पक्राउ

    काठमाण्डाै । अवैध रूपमा लुकाई छिपाई चीनतर्फ लैजान लागेको २० हजार अमेरिकी डलरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। रसुवाको आमाछोदिङमो गाउँपालिका–५ पाजुङ बस्ने २२ वर्षीय नुर्पु तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।



    इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी, सशस्त्र प्रहरी बल र रसुवा भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले गोसाईकुण्ड गाउँपालिका–२ रसुवागढी नाकामा चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन्।

     

    नेपालबाट चीनतर्फ पैदल जाँदै गरेका उनलाई १ सय दरका २ सय थान उक्त अमेरिकी डलर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, ८ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट