logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • अब राहत शिक्षकको बिरामी बिदा सञ्चित नहुने

    अब राहत शिक्षकको बिरामी बिदा सञ्चित नहुने

    1.1K
    SHARES
    अब राहत शिक्षकको बिरामी बिदा सञ्चित नहुने

    काठमाण्डाै । सरकारले राहत शिक्षकको बिरामी बिदा सञ्चित गर्न नहुने र अर्को वर्ष त्यस्तो बिदाको सहुलियत लिन नपाउने व्यवस्था कार्यान्वयन गर्न सबै स्थानीय तहलाई परिपत्र गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई उक्त पत्राचार गरेको हो ।



    मन्त्रालयले गरेको परिपत्रमा भनिएको छ, ‘सामुदायिक विद्यालयमा अनुदान कोटा (राहत) शिक्षकले विद्यालयसँग भएको करार सम्झौतामा उल्लेख भएबमोजिम एक आर्थिक वर्षमा उपभोग गर्न पाउने १२ दिनको बिरामी बिदा (सञ्चित नहुने)लाई अर्को आर्थिक वर्षमा सञ्चित गरिराख्ने, उपभोग गर्ने एवम् विद्यालयबाट उक्त समयको तलब, भत्तासमेत लिने गरेको देखिएकोले मुलुकभरका अन्य सामुदायिक विद्यालयबाट समेत उक्त कार्य गर्दा शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ लगायतका प्रचलित कानून एवम् तालुक मन्त्रालयको परिपत्रसमेतको परिपालना नगरेको बुझिएकोले अबका दिनदेखि सो कानूनी व्यवस्थाको परिपालना गर्ने गराउनेतर्फ आवश्यक कदम उठाउन ।’

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन तथा सुझाव कार्यान्वयन गर्न भन्दै मन्त्रालयले स्थानीय तहलाई उक्त परिपत्र गरेको हो ।


    अर्थ चाैतारी
  • बुधबार, ९ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट