logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • उपभोक्ता संरक्षण विभागले गर्‍यो व्यापारिक प्रतिष्ठानलाई ३ करोड ७५ लाख जरिवाना

    उपभोक्ता संरक्षण विभागले गर्‍यो व्यापारिक प्रतिष्ठानलाई ३ करोड ७५ लाख जरिवाना

    1K
    SHARES
    उपभोक्ता संरक्षण विभागले गर्‍यो व्यापारिक प्रतिष्ठानलाई ३ करोड ७५ लाख जरिवाना

    काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक वर्षको अवधिमा ३७ व्यापारिक प्रतिष्ठानलाई ३ करोड ७५ लाख रुपैयाँ जरिवाना गराएको छ । विभागले अनुगमनको क्रममा कैफियत भेटिएका ३७ व्यापारिक प्रतिष्ठानलाई ३ करोड ७५ लाख ७८ हजार रुपैयाँ जरिवाना गराएको हो ।



    गत आर्थिक वर्षमा विभागले ४ हजार २ सय ६९ पटक अनुगमन गरेको थियो । अनुगमनका क्रममा १ करोड २६ लाख रुपैयाँ बराबरको गुणस्तरहीन र म्याद गुज्रिएका विभिन्न वस्तु जफत गरी नष्ट समेत गरिएको विभागले जनाएको छ ।

    जरिवानातर्फ सबैभन्दा बढी खाद्य पदार्थ बिक्री गर्ने २३४ व्यापारिक प्रतिष्ठानलाई ८६ लाख १५ हजार रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, १०१ रेडिमेड तथा थान कपडा पसललाई १९ लाख २२ हजार, अन्य पसललाई ४१ लाख ३५ हजार, किराना पसललाई १५ लाख ४५ हजार, होटेल तथा रेस्टररेन्टलाई ७३ लाख ९० हजार, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसललाई ८ लाख ६१ हजार, तरकारी पसललाई ५ लाख ३० हजार, मार्ट तथा मिनी मार्टलाई १५ लाख र फर्निचरलाई ४ लाख ७५ हजार रुपैयाँ जरिवाना गराइएको छ ।

    यसैगरी हार्डवेयरलाई ७ लाख ४० हजार, मिठाइँ पसललाई ११ लाख ७० हजार, डेरी उद्योगलाइृ १५ लाख र मदिरा तथा सूर्तिजन्य पसललाई १४ लाख ५० हजार रुपैयाँ जरिवाना गराइएको विभागले जनाएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १४ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट