logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • समता घरेलु लघुवित्तको धितोपत्र सूचीकृत

    समता घरेलु लघुवित्तको धितोपत्र सूचीकृत

    2.2K
    SHARES
    समता घरेलु लघुवित्तको धितोपत्र सूचीकृत

    काठमाण्डौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल १४ लाख ८४ हजार ७८५ कित्ता सेयर धितोपत्र सूचीकृत भएको छ । सूचीकरण विनियमावली, २०७५ बमोजिम स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार हुनका लागि निम्न बमोजिमका शर्तहरु पालना गर्ने गरी २०८१ साउन १८ को निर्णयानुसार सूचीकृत भएको हो ।



     

    आज सूचीकृत सेयर मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई १ः१ को स्वाप अनुपातमा प्राप्ति (एक्विजिशन) पश्चात समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा थप हुन आएको सेयर हो । उक्त सेयरहरु अंकित मूल्य १०० रुपैयाँ दरको धितोपत्र क्रम संख्या ४१ लाख ५५ हजार २७९ देखि ५६ लाख ४० हजार ६३ सम्मको सूचीकृत भएका छन् ।

     

    समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा धितोपत्रको सूचीकरण भएसँगै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सूचीकरण खारेज गरिएको नेप्सेले जनाएको छ । यससँगै एकीकृत संस्थाको चुक्ता पुँजी ५६ करोड ४० लाख ६३० रुपैयाँ पुगेको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १८ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट