logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • नेपाल फाइनान्सको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

    नेपाल फाइनान्सको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

    312
    SHARES
    नेपाल फाइनान्सको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

    काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडकोे संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला भएको छ । कम्पनीको १० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो ।



    यसअघि संस्थापक शेयरधनीलाई बिक्री खुला गरेको शेयरमा कुनै पनि संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि उक्त शेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो । उक्त शेयर खरिदका लागि जो कोहि व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

    शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कमलादी काठमाडौंमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।


    अर्थ चाैतारी
  • विहिबार, १० बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट