logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

    सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

    247
    SHARES
    सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

    काठमाण्डौ । सरकारले मन्त्रालय, विभाग, कार्यालय र सबै सरकारी निकायका कर्मचारीहरूको विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्न मातहतका निकायलाई परिपत्र गरेको छ ।



    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखा) ले बिहीबार पत्र पठाउँदै यस्तो व्यवस्था गर्न भनेको हो । साथै मन्त्रालयले यसको विवरण अभिलेखिकरण गर्न समेत भनेको छ ।

    मन्त्रालयले उक्त व्यवस्था कार्यान्वयन नभएको अवस्था भए कर्मचारीको दैनिक उपस्थिति (आएको तथा गएको) विवरण अनिवार्य रूपमा विद्युतीय हाजिरी प्रणालीबाटै गर्ने व्यवस्था मिलाउन र प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्टगरी, प्रमाणित गर्दै अभिलेख कार्यालयमा सुरक्षित राख्न भनेको हो ।

    २०८३ साल वैशाख ८ गतेको निर्णय (सचिवस्तर) अनुसार यस्तो निर्णय गरेको मन्त्रालयका शाखा अधिकृत पीताम्बर सारुले जनाएका छन् ।

    676714604_1399089812324710_238838016166570155_n


    अर्थ चाैतारी
  • विहिबार, १० बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट