logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • नेपालमै सर्भो लुब्रिकेन्टको उत्पादन सुरु, ५० करोड लगानी

    नेपालमै सर्भो लुब्रिकेन्टको उत्पादन सुरु, ५० करोड लगानी

    364
    SHARES
    नेपालमै सर्भो लुब्रिकेन्टको उत्पादन सुरु, ५० करोड लगानी

    काठमाण्डौ । औद्योगिक घराना गोल्छा ग्रुपले नेपालमै सर्भो लुब्रिकेन्टको उत्पादन सुरु गरेको छ । गोल्छा ग्रुप र भारतको सरकारी स्वामित्वमा रहेको इन्डियन आयल कर्पोरेशन बीचको साझेदारीमा स्थापित प्लान्टले व्यवसायिक उत्पादन सुरु गरेको हो ।



    नवलपुरको देवचुलीमा रहेको प्लान्टबाट औद्योगिक तथा अटोमोबाइल लुब्रिकेन्ट उत्पादन सुरु भएको गोल्छा अर्गनाइजेशनका अध्यक्ष शेखर गोल्छाले जानकारी दिएका छन् । उनका अनुसार यो उद्योगले १५० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । उनले यस कदमलाई आत्मनिर्भर देश बनाउने अभियानमा महत्वपूर्ण कदम भनेका छन् ।

    औद्योगिक प्रयोजन र सवारी साधनमा प्रयोग हुने लुब्रिकेन्ट उत्पादन गर्ने यस उद्योगमा ५० करोड रूपैयाँ लगानी गरिएको छ । सर्भो ब्राण्ड भारतसहित विश्व बजारमा समेत चर्चित लुब्रिकेन्ट ब्राण्ड हो । नेपालमै यसको उत्पादन सुरु भएपछि लुब्रिकेन्ट आयातबापत बाहिरिने विदेशी मुद्राको बचत हुने अपेक्षा गरिएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, १० बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट