logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

    शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

    429
    SHARES
    शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

    काठमाण्डौ । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १७ दशमलव ०१ अंकले घटेर २,७८७ को विन्दुमा कायम भएको छ । आज ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २१६ कम्पनीको घटेको छ ।



    आज दिनभरिमा ३४८ कम्पनीको १ करोड १३ लाख ७५ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९ करोडको कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको २६ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोलाको२६ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै पाल्पा सिमेन्ट र शिखर पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै सूर्यकुण्ड हाइड्रोका लगानीकर्ताले ११ प्रतिशतका दरले गुमाएका हुन् ।

    बजार घट्दा नेप्से उपसमूहमा रहेका ३ वटा समूह बढेका छन् भने १० वटा समूह घटेका छन्। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.६० प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह सर्वाधिक १.४२ प्रतिशतले घटेको छ।

    यो दिन बजारमा ४६ कम्पनीको शेयरभाउ बढेको छ भने २१६ कम्पनीको शेयरभाउ घटेको छ। यो दिन ७ कम्पनीको भाउ स्थिर रहेको छ। आज बजारमा ५ अर्ब ९ करोड रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक कारोबार भएको छ।

    उच्च कारोबार भएका १० कम्पनी

    रिलायन्स स्पिनिङ मिल्सः ३० करोड ४२ लाख रुपैयाँ
    सोलु हाइड्रोपावरः २६ करोड ७ लाख रुपैयाँ
    आँखुखोला जलविद्युतः २६ करोड ५ लाख रुपैयाँ
    होटल फरेष्ट इनः २२ करोड १५ लाख रुपैयाँ
    नेसनल हाइड्रोपावरः १८ करोड ६६ लाख रुपैयाँ
    सूर्यकुण्ड हाइड्रोपावरः १८ करोड ३३ लाख रुपैयाँ
    रिडी पावरः १६ करोड २२ लाख रुपैयाँ
    रिज इनर्जीः ११ करोड ५३ लाख रुपैयाँ
    एनआरएन इन्फ्रास्ट्रक्चरः ११ करोड ३१ लाख रुपैयाँ
    एसवाई प्यानलः १० करोड ७७ लाख रुपैयाँ

     


    अर्थ चाैतारी
  • विहिबार, १० बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट