logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • डा. भेषबहादुर थापालाई हेमबहादुर मल्ल सम्मान-२०७९ प्रदान गरिने

    डा. भेषबहादुर थापालाई हेमबहादुर मल्ल सम्मान-२०७९ प्रदान गरिने

    1.2K
    SHARES
    डा. भेषबहादुर थापालाई हेमबहादुर मल्ल सम्मान-२०७९ प्रदान गरिने

    काठमाण्डौ । नेपाल जन–प्रशासन संघले हेमबहादुर मल्ल सम्मान,२०७९ डा. भेषबहादुर थापालाई प्रदान गर्ने भएको छ । सोमबार संघले काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै हेमबहादुर मल्ल सम्मान, २०७९ डा. भेषबहादुर थापालाई प्रदान गर्ने जानकारी दिएको हो ।



    संघका अध्यक्ष मधुरमण आचार्यले हेमबहादुर मल्ल सम्मान,२०७९ साल्ट ट्रेडिंग कर्पोरेशन र नेपाल जन–प्रशासन संघको संयुक्त रहेको बताए । उनले साल्ट ट्रेडिंग कर्पोरेशनका कुशल व्यवस्थापक स्व हेमबहादुर मल्लको स्मृतिमा हरेक वर्ष प्रदान गर्दै आएको बताए । उनले हेमबहादुर मल्ल सम्मान,२०७९ मा सम्मानपत्रसहित नगद २ लाख रुपैयाँ हरेक वर्ष प्रदान गर्दै आएको बताए ।

    अध्यक्ष आचार्यले पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै ती क्षेत्रको संस्थागत विकास र अन्तर्राष्ट्रिय स्तरमा नेपालको राष्ट्रिय हितमा पुर्‍याएको योगदानको कदरस्वरुप हेमबहादुर मल्ल सम्मान—२०७९ डा।भेषबहादुर थापालाई प्रदान गरिएको बताए । उनले उक्त सम्मान विशेष समारोहका बिच आगामी २०८१ श्रावण २३ गते प्रदान गरिने बताए ।


    अर्थ चाैतारी
  • सोमबार, २१ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट