logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • नम्बर १ भनेर दाबी गर्ने बैंकलाई दान गर्दा गर्व लाग्यो

    नम्बर १ भनेर दाबी गर्ने बैंकलाई दान गर्दा गर्व लाग्यो

    2.3K
    SHARES
    नम्बर १ भनेर दाबी गर्ने बैंकलाई दान गर्दा गर्व लाग्यो

    काठमाण्डाै । मान्नु हुन्छ बैंकले तपाईँलाई जानकारी नै नदिई लाखौँ कमाउँछन् भन्ने । तपाई हामी बैंक खाताबाट मासिक रूपमा विना जानकारी काटिने सानो तिनो रुपैयाँको हिसाब नै गर्दैनौँ । तर बैंकले त्यहाँबाट नै लाखौँ मात्रै हैन करोडौँ कमाउँछन् ।



    यो साउनको महिना, धर्म गर्ने महिना । अझै मंगलबार श्री गणेशको पूजा गर्ने बार । यसै दिन देशकै अब्बल बैंकलाई प्रयोग नै नगरेको सेवाको शुल्क (दान) गर्दा गर्व नगर्नुपर्ने कुनै कारण नै छैन । मैले देशकै चर्चित बैंकलाई दान गरेर पुण्य कमाएको छु ।

    अब कुरा गरौँ मैले पुण्य कमाएको विषयबाट
    मैले आज भन्दा करिब १ दशक पहिले आफूलाई हालको सबैभन्दा ठुलो बैंक बताउने एक बैंक ग्लोबल आईएमइ बैंकमा कामको सिलसिलामा खाता खोलेको थिएँ । काम बाहेकका अन्य रूपमा म खासै कारोबार गरेको थिएन । म सँग स्थायी रूपमा संचालनका लागि अन्य बैंक खाता भएका कारण पनि यो खाता मेरो रोजाइमा परेन । केही समय पहिले मैले खाता सक्रिय बनाउने उद्देश्यले बैंकमा गएर कुरा गर्दा फेरि केवाइसि भर्न लगाइयो । मैले मेरो हस्ताक्षर पनि बदलिदिन अनुरोध गरेको थिए । खाता संचालनमा आयो तर हस्ताक्षर अझै अपडेट भएको छैन यो करिब ५ वर्ष अघिको कुरा हो । खाता संचालन भएपछि मैले एटिएम पनि लिएँ । र त्यो बेला मोबाइल बैंकिङ पनि सुचारु गरे । बैंकको खाता खोल्दा प्रयोग गरेको ९८५xxxxxxx नम्बरको मोबाइलमा नैं माेबाइल बैंकिङ सेवा प्रयोग गरेकाे थिए ।

     

    त्यसको केही समयपछि सोही बैंकमा कम्पनी खाता संचालन गर्नुपर्ने भयो । कम्पनी खाता संचालनमा पनि ल्याइयो । आजभन्दा करिब साढे २ वर्ष पहिले मैले कम्पनीको मोबाइल बैंकिङ सेवा प्रयोग गर्नु प¥यो । कम्पनीको र आफ्नो खाता एकै मोबाइलबाट संचालन हुन नसक्ने स्थिति आयो । मैले मेरो बैंक खातालाई कनेक्ट आइपिएसमा जोड्ने र कम्पनीको मोबाइल एप्लिकेशन सुरु गरे । त्यसको ६./७ महिना पछि मेरो मोबाइल बैंकिङको एसएमएस आउन छोड्यो । मैले बैंकमा खबर गर्दा मोबाइल बैंकिङ नवीकरण गर्न भनियो । मैले आवश्यक नठानेर गरिन । हुन पनि प्रयोग नहुने मोबाइल बैंकिङको किन आवश्यक?

     

    तर हिजो (२०८१ साउन २९) मंगलबार एक्कासि खातामाको रकम काटेको नोटिफिकेशन आयो । म झसङ्ग भएँ । हेरेको खाता नं xxxxxxxxxxx१२ बाट ३५० रुपैयाँ नवीकरण भनेर काटेछ । म आश्चर्य भएँ, मैले नवीकरण गर्न नचाहेको मोबाइल बैंकिङ मेरो आग्रह विना कसरी नवीकरण भयो ? मैले बैंकमा फोन गरेर सोधे, कुरा कन्फम नै भयो । बैंकले त झनै सिस्टमले अटोमेटिक डिटेक्ट गरेर काट्छ भनियो । मेरो आग्रह बिना कसरी डिटेक्ट भयो भन्ने प्रश्नमा म अनविज्ञ नै छु अझै । मैले सेवा उपभोग नगरेको पनि शुल्क लाग्यो । बैंकले कमाउने सजिलो उपाय बनाएछ ।

     

    मैले यो विषयमा बोली रहन आवश्यक थिएन । अनामनगर वा दरबार मार्गको कुनै कफी सपको कफीको मूल्य भन्दा बैंकले काटेको ३५० रुपैयाँ कमै हो । उस्तै परे बैंकको उपल्लो ओहोदाकालाई जानकारी गराए समस्याको समाधान हुने नै थियो र छ । तर कुरा रुपैयाँ भन्दा पनि बैंकको या बैंकले बनाएको सिस्टमको नियतको आयो । केही समय पहिले सानिमा बैककोमा भएको ग्राहकको खाताको रकम ग्राहकको आग्रह बिना उपलब्ध गराएको सेवा र खाता माइनसमा गएको हकमा राष्ट्र बैंकको निर्देशनको समाचार आफैले बनाएको याद आयो । म आम रूपमा सचेत नागरिक हुँदा त सिस्टमले खायो या बैंकले थाहा भएन । मेरो तर्फबाट बैंकले दान खायो । तर आम नागरिकको हकमा के होला भन्ने लागेर बैंकको सिस्टमले बिना कारण तथा बिना लगानीको नाफा हिसाब गर्ने चेष्टा गरे ।

    ग्लोबल आइएमई बैंकको ग्राहक सङ्ख्या ५० लाख पुग्यो

    ग्लोबल आईएमइ बैंकले हालै सार्वजनिक गरेको ग्राहक संख्या ५० लाख । त्यसमध्ये ५ लाख संस्थागत होलान् । ५० लाखमा ५ लाख घटाउँदा बाँकी रह्यो ४५ लाख । ४५ लाख मध्ये कम्तीमा ५० प्रतिशतले मोबाइल बैंकिङ प्रयोग गर्छन् । ४५ लाखको ५० प्रतिशतले गर्दा साढे २२ लाख मोबाइल बैंकिङ प्रयोग कर्ता छन् । साढे २२ लाखमा हरेक वर्ष कम्तीमा १ प्रतिशतले हुने २२,५०० जनाले विभिन्न बाहानमा मोबाइल बैंकिङ प्रयोग गर्दैनन् । तर बैंकले बिना जनकारी अथवा बिना अनुरोध हरेकको मोबाइल बैंकिङ नवीकरण ग¥यो भने प्रतिव्यक्ति ३५० का दरले गर्दा बैंकको खातामा चोखै ७८ लाख ७५ हजार कमाई हुन्छ । अझै यो १ प्रतिशत बढेर गयो भने? नाफामा उछाल आउने नै भयो । बैंकले विभिन्न बहानामा गरिने शुल्क वा एटिएमको पनि नवीकरणको कुरा गर्दा हिसाबै नगर्दा हुन्छ । अब भन्नुपर्छ म लुटिएँ कि बैंकले दान वा चन्दा लियो ?

    ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब बढी, यस्ता छन् अन्य सूचक

    अझै यो त ३५० रुपैयाँको कुरा भयो । मान्नुस् बैंकले बिना कारण बिना जानकारी ग्राहकको खाताबाट १ रुपैयाँ प्रति महिना काट्यो भने केही ग्राहक गुनासो वा उजुरी गर्न जाँदैन । प्रति ग्राहक प्रति महिना १ रुपैयाँ काट्दा ५० लाख ग्राहक ? ५० लाखको आम्दानी, यो धन्दा बाह्रै महिना चल्दा ? अनि किन दाबी गर्ने अधिकार किन नबनोस् त नम्बर १ बैंक भनेर । भोलिको कानुनी रूपमा म मेरो रकम फिर्ता पाउने नै छु तर म जस्ता हजारौँ ग्राहकले बैंकलाई दान गरेर पुण्य कमाउने दिन आउनु हुँदैन ।


    अर्थ चाैतारी
  • बुधबार, ३० साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट