logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • लक्ष्मी क्यापिटलको रु. ५० करोडको शुभलक्ष्मी कोषले पायो निष्कासन अनुमति

    लक्ष्मी क्यापिटलको रु. ५० करोडको शुभलक्ष्मी कोषले पायो निष्कासन अनुमति

    2.2K
    SHARES
    लक्ष्मी क्यापिटलको रु. ५० करोडको शुभलक्ष्मी कोषले पायो निष्कासन अनुमति

    काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ५० करोड रुपैयाँबराबरको ‘शुभलक्ष्मी कोष’का इकाइहरु निष्कासन गर्न अनुमति दिएको छ।



    धितोपत्र बोर्डले गत जेठ ३१ गते यो योजनाका इकाइहरु निष्कासन गर्न अनुमति दिएको हो। बोर्डको अनुमतिसँगै अब योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटले यो योजनाका १० रुपैयाँ अंकित दरका कुल ५ करोड इकाइको बिक्री खुला गर्नेछ।

    यो खुलामुखी योजना हो। यस योजनाको कोष प्रवर्द्धकका रुपमा लक्ष्मी बैंक लिमिटेड रहेको छ। लक्ष्मी म्युचुअल फन्डअन्तर्गत हाल २ वटा बन्दीमुखी योजनाहरु लक्ष्मी इक्विटी फन्ड र लक्ष्मी उन्नति कोष सञचालनमा छन्।


    अर्थ चाैतारी
  • शनिबार, ४ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट