logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • माछापुच्छ्रे बैंकले ल्यायो साढे ६ वर्षमा डब्बल धमाका योजना

    माछापुच्छ्रे बैंकले ल्यायो साढे ६ वर्षमा डब्बल धमाका योजना

    2.4K
    SHARES
    माछापुच्छ्रे बैंकले ल्यायो साढे ६ वर्षमा डब्बल धमाका योजना

    काठमाण्डौ। माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकको सुविधालाई मध्यनजर गर्दै ‘माछापुच्छ्रे स्मार्ट मुद्दति खाता’ सञ्चालनमा ल्याएको छ।



    यस खाताअन्तर्गत ग्राहकले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन्। यो खाता न्यूनतम रु. ५० हजारमै खोल्न सकिनेछ। यसका साथै बैंकले यस खातामा साँवा रकमको ९०% सम्म ऋण ग्राहकलाई प्रदान गर्नेछ।

    इच्छुक ग्राहकले बैंकका देशभर रहेका १६५ शाखाहरुबाट यो खोल्न सक्नेछन्। माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ सेवा र २०५ एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।


    अर्थ चाैतारी
  • शनिबार, ४ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट