logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • कुमारी धनवृद्धि योजना बाँडफाँड, १ लाख ३९ हजारले पाए माग गरे बमोजिमकै इकाइ

    कुमारी धनवृद्धि योजना बाँडफाँड, १ लाख ३९ हजारले पाए माग गरे बमोजिमकै इकाइ

    2.4K
    SHARES
    कुमारी धनवृद्धि योजना बाँडफाँड, १ लाख ३९ हजारले पाए माग गरे बमोजिमकै इकाइ

    काठमाण्डौ । कुमारी धनवृद्धि योजना अन्तरगतको म्युचुअल फन्डको शुक्रबार बाँडफाँड भएको छ । कम्पनीले यही जेठ १२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि जारी गरेको प्रति इकाई १० रुपैयाँ बराबरको कुल १२ करोड २५ लाख ७ हजार २५९ इकाई शुक्रबार बाँडफाँड भएको हो ।



    सो मध्ये सामूहिक लगानी कोष निर्देशिका २०६९ को दफा १५(४) र विवरण पुस्तिकाको बुँदा ४ २(घ) मा भएको व्यवस्था बमोजिम अधिकतम २५ प्रतिशत थप गर्न सक्ने प्रावधान अनुसार कोषको कुल निष्काशनको बाँडफाँड गर्न सकिने मध्ये राख्नुपर्ने १५ प्रतिशत विजपुँजी वापतको १ करोड ८३ लाख ७६ हजार ८९ इकाई कोष प्रवर्द्धक कम्पनी कुमारी बैंक लिमिटेडलाई बाँडफाँड गरि बाँकी रहेको १० करोड ४१ लाख ३१ हजार १७० इकाई सर्वसाधारण आवेदकहरुलाई बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

    कुल १ लाख ३९ हजार १३९ जनाले आवेदन दिएकामा रितपूर्वक आवेदन दिने १ लाख ३९ ०९३ जनामा माग गरे बमोजिम नै न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड इकाईसम्म प्रदान गरिएको कम्पनीले जनाएको छ ।


    अर्थ चाैतारी
  • शनिबार, ४ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट