काठमाण्डौ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समितिले हालसम्म सम्पन्न कामको समीक्षा गरेको छ ।
बुधबार बसेको समितिको बैठकले हालसम्म सम्पन्न कामको समीक्षा गर्दै एकहप्ताभित्र प्रारम्भिक प्रतिवेदनको मस्यौदा तयार गरिसक्ने गरी जिम्मेवारी तोकेको छ । यस्तै बैठकले अब बाँकी र सम्पन्न गर्नुपर्ने कामहरूको योजनासमेत प्रस्तुत र पारित गरिएको समितिका सभापति सूर्य थापाले जानकारी दिए ।
समितिले रवि लामिछानेसहित ५० जना व्यक्तिसँग बयान लिएको छ । बयान लिने काम सकिएपछि समिति प्रतिवेदन लेखनको तयारीमा जुटेको छ ।
अर्थ चाैतारी ।