काठमाण्डौं । एभर ट्रष्ट बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गर्ने उपाध्यक्षसहित ५ जनालाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सहकारी संस्थाका सञ्चालक र कर्मचारीको मिलेमतोमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
सीआईबीले संस्थाका उपाध्यक्ष बबिता डंगोल, सचिव कान्छाभाई डंगोल, कोषाध्यक्ष विष्णुप्रसाद फयाँल, सदस्य रामलाल महर्जन र अमरभाई बज्राचार्यलाई पक्राउ गरेको हो ।
बचतकर्ताले जम्मा गरेको निक्षेप रकम प्रचलित कानुन विपरित कर्जा तथा सम्पत्तिहरुमा गैह्रकानुनी रुपमा लगानी गरी संस्थाको वार्षिक प्रतिवेदनहरुमा समेत वास्तविक अवस्था लुकाई संस्थामा रहेको निक्षेप रकम व्यक्तिगत लाभको लागि प्रयोग गरी सहकारी संस्थालाई हानी नोक्सानी पु¥याएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुले १५ करोड ९१ लख ४ हजार रुपैयाँ बचत हिनामिना गरेको सीआईबीको भनाइ छ ।
उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को ठगी सम्बन्धी कसुरमा सम्मानित काठमाडौ जिल्ला अदालतबाट दिन ८ (आठ) को म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भैरहेको सीआईबीको भनाइ छ ।
अर्थ चाैतारी ।