logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • इ–सेवाको ‘५५ मिनेटको धमाका अफर’

    इ–सेवाको ‘५५ मिनेटको धमाका अफर’

    2.9K
    SHARES
    इ–सेवाको ‘५५ मिनेटको धमाका अफर’

    काठमाडौँ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले ‘५५ मिनेटको धमाका अफर सार्वजनिक गरेको छ।



    अफरअन्तर्गत असार ५ गते आइतबार बैंक एकाउन्ट लिंक गरी कारोबार गर्दा ५५ रुपैयाँ क्यासब्याक पाइने कम्पनीले जनाएको छ। आइतबार साँझ ५ः५ बजेदेखि साँझ ५ः५५ सम्म एकाउन्ट लिंकमार्फत कारोबार गर्दा ५५ रुपैयाँ क्यासब्याक पाइनेछ।

    इ–सेवाले आम ग्राहकहरुले घरमै बसेर कारोबार गर्न सकून् भन्ने उद्देश्यले यो योजना सार्वजनिक गरेको हो। योजनामा सहभागी हुन एकाउन्ट लिंक गरी कारोबार गर्नुपर्नेछ भने एकाउन्ट भेरिफाइ भएको हुनुपर्नेछ। इ–सेवाले हाल एन्ड्रोइड मोबाइलमा ५२ लाख र आईओएस मोबाइलमा करिब १० लाख गरी ६० लाख बढी ग्राहकलाई एप्समार्फत सेवा प्रदान गरिरहेको छ।

    इ–सेवाले नेपालका सुविधासम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको छ। इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ।

    इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।


    अर्थ चाैतारी
  • आइतबार, ५ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट