logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • सहकारीको रकम ठगी गरेको भन्दै कांग्रेस उपसभापति धनराजविरुद्ध उजुरी

    सहकारीको रकम ठगी गरेको भन्दै कांग्रेस उपसभापति धनराजविरुद्ध उजुरी

    949
    SHARES
    सहकारीको रकम ठगी गरेको भन्दै कांग्रेस उपसभापति धनराजविरुद्ध उजुरी

    काठमाण्डौ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई सहकारी रकम ठगी गरेकाे आराेप लागेकाे छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पूर्वकानुनमन्त्रीसमेत रहेका गुरुङविरुद्ध उजुरी परेको हो ।



    उपसभापति गुरुङविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले उजुरी दिएकाे सीआईबी स्राेतले जनाएकाे छ । सीआईबीका अनुसार धनराज र उनकी पूर्व श्रीमती (हाल सम्बन्धविच्छेद) ज्योति गुरुङले १४ करोड ८१ लाख रुपैयाँ नतिरेको भन्दै उजुरी परेकाे हाे ।

    मितेरी बचत तथा ऋण सहकारी संस्थाको पूर्व सञ्चालकसमेत रहेकी ज्योति भने हाल फरार छिन् । यता साेमबार बसेकाे प्रतिनिध‍िसभाकाे बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले कांग्रेस उपसभापति गुरुङको सहकारी ठगी र नक्कली डिभोर्सबारे छानविन गर्न माग गरेका छन् ।

    उनले उपसभापति गुरुङमाथि सहकारीकाे रकम अपचलनकाे विषयमा छानबिन हुन्छ कि हुँदैन ? भन्दै कांग्रेस सांसदहरूलाई प्रश्नसमेत गरेका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन भएकाे छ । उक्त समितिकाे नेतृत्व नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले गरेका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, २४ भदाै २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट