logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • क्यानडा पठाईदिन्छु भन्दै डेढ करोड ठगी गर्ने घर्ती पक्राउ

    क्यानडा पठाईदिन्छु भन्दै डेढ करोड ठगी गर्ने घर्ती पक्राउ

    1.7K
    SHARES
    क्यानडा पठाईदिन्छु भन्दै डेढ करोड ठगी गर्ने घर्ती पक्राउ

    काठमाण्डौ । क्यानडा पठाईदिन्छु भनि डेढ करोड रुपैयाँ ठगी गर्ने व्यक्तिलाई काठमाडौं उपत्यका अपराधा अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।



    रोल्पा माड गाउँपालिका– १ घर भई काठमाडौंको कलंकी बस्ने २९ वर्षीय रण बहादुर घर्तीलाई कार्यालयले पक्राउ गरेको हो ।

    उनले विभिन्न आठ जनालाई वैदेशिक रोजगारीका लागि क्यानडा पठाईदिन्छु भन्दै १ करोड ६५ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भएका थिए । मासिक ४ लाख तबलको प्रभलोभनमा पारि प्रतिव्यक्ति ३५ लाख रुपैयाँ बुझाउन भनि ठगी गरेका थिए ।

    कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं–१६ बनस्थलीबाट पक्राउ गरेको हो । घर्तीलाई आवश्यक कारबाहीका लािग वैदेशिक रोजगार विभाग ताहचल काठमाडौंमा पठाइएको कार्यालयले जनाएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २५ भदाै २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट