logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • क्षत्रपाटी अस्पताललाई हाईटेक पोर्टेवल एक्सरे मेशिन हस्तान्तरण

    क्षत्रपाटी अस्पताललाई हाईटेक पोर्टेवल एक्सरे मेशिन हस्तान्तरण

    2.4K
    SHARES
    क्षत्रपाटी अस्पताललाई  हाईटेक पोर्टेवल एक्सरे मेशिन हस्तान्तरण

    काठमाण्डौ । जापानको रोटरी क्लव अफ सिमिचु उत्तरी जापानद्वारा काठमाडौंस्थित क्षत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) लाई करिब ६० लाख मूल्य पर्ने हाईटेक पोर्टेवल एक्सरे मेशिन हस्तान्तरण गरिएको छ ।



    जापानस्थित रोटरी क्लव अफ सिमिचु उत्तरी जापानका अध्यक्ष सागुची केइकोले उक्त सामग्री आज एक कार्यक्रमका बीच अस्पतालका अध्यक्ष डा। मनोज मान श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । अध्यक्ष सागुचीको साथमा करिब डेढ दर्जन टोली मेडिकल सहयोग सामग्री लिएर काठमाडौं आइपुगेको छ ।

    सहयोग सामग्रीको साथमा निवर्तमान अध्यक्ष मोचिचु हिरोनोबु र अतिथिको रुपमा उन्नो काजुको उपस्थित थिए । अस्पताललाई उपकरण हस्तान्तरण कार्यक्रममा रोटरी क्लव अफ सिमिचु उत्तरी जापानका टोली अत्यन्तै हर्षित र खुशी थिए । अत्याधुनिक सुविधा सम्पन्न पोर्टेवल एक्सरे मेशिन ग्रहण गर्दै अस्पतालका अध्यक्ष डा। श्रेष्ठले जापानी रोटरियनहरुले देखाएको माया नेपालीहरुको लागि सदैव अविस्मरणीय हुने बताए ।

     

    अस्पताल सामग्रीहरु रोटरी क्लव अफ न्यूरोड सिटीको समन्यमा नेपाल आईपुगेको हो ।


    अर्थ चाैतारी
  • बुधबार, २ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट