चितवन । नवलपुरको गैंडाकोटमा मुख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाका सदस्य तथा परिवारलाई कलेज अफ मेडिकल साईन्सेस ९सिओएमएस० शिक्षण अस्पताल ९पुरानो मेडिकल कलेज० मा २० प्रतिशत छुट हुने भएको छ । अस्पताल र सहकारी संस्थाबीच आज यस सम्बन्धी सम्झौता भएको हो ।
सम्झौतामा अस्पतालका तर्फबाट उपनिर्देशक प्रा।डा।राजेश यादव र सहकारीका अध्यक्ष भोजराज पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार किसान सहकारीका सदस्य र उनीहरुका परिवारलाई सिओएमएसमा उपचार गर्दा सम्पूर्ण सेवाका साथै एक्सरे, युएसजि सेवामा समेत २० प्रतिशत छुट पाउने छन् । औषधि, सिटी स्क्यान र एमआरआईमा भने छुट सुविधा पाउने छैनन् । यस्तै डाइबिटिज क्लिनिकमा डायविटिज ९मधुमेह० को परीक्षण तथा परामर्श निःशुल्क उपलब्ध हुनेछ ।
यो सुविधा लिनका लागि सहकारीको परिचयपत्र र परिवारका सदस्यले नाता खुल्ने कागजात ल्याउनु पर्ने सम्झौतामा उल्लेख छ । किसान सहकारीले आयोजना गर्ने निःशुल्क स्वास्थ्य शिविरमा अस्पतालले प्राविधिक सहयोग गर्ने छ । सम्झौता एक वर्षका लागि गरिएको अस्पतालले जनाएको छ ।
किसान बचत तथा ऋण सहकारी संस्था लि।का चितवन, नवलपुर र तनहुँमा गरी २६ वटा शाखा रहेका छन् । सहकारीमा ९० हजारभन्दा बढी शेयर सदस्यहरु र निजका परिवारका सदस्यहरु यो सम्झौताले लाभान्वित अस्पतालले जनाएको छ ।
अर्थ चाैतारी ।