काठमाण्डौ । टीभीएस अपाचेको बीएस-भीआई मोडलको अपाचे आरटीआर १६० फोरभी आरटीएफआई नेपालमा सार्वजनिक भएको छ । जगदम्बा मोटर्सले राजधानीमा आयोजित औपचारिक समारोह मार्फत नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गरेको हो।
नयाँ बाइकमा ३ राइड मोडहरू (रेन, अर्बन र स्पोर्ट) जस्ता यस वर्गकै पहिलो र उत्कृष्ट फिचरहरु छन् । साथै अन्य विभिन्न आकर्षक फिचरहरु पनि बाइकमा रहेका छन् । यसैगरी यस मोटरसाइकलको अर्को सशक्त पक्ष भनेको रेस टण्ड फ्यूल इन्जेक्सन (Race Tuned Fuel Injection -RTFI) टेक्नोलोजी युक्त विएस ६ कम्पलेन्ट इन्जिन रहेको छ। अटोमोबाइल जगतमा आरटिएफ आइ टेक्नोलोजिलाई निकै नै उत्कृष्ट मानिन्छ। यसैगरी विएस ६ कम्पलेन्ट इन्जिन सहितको अपाच्चे आरटिआर नेपाली मोटरसाइकल प्रेमीले धेरै पहिला देखि नै प्रतीक्षा गरिरहेको पाइन्छ। यस आरटिएफ आइ टेक्नोलोजी युक्त इनजिन्ले माइलेजमा वृद्धि गर्छ भने विएस ६ कम्पलेन्ट इन्जिन वातावरण मैत्री हुन्छ। यसले टिभिएस को च्बअष्लन म्ल्ब् को इतिहासलाई थप नयाँ उचाइमा पुर्याएको छ।
त्यति मात्र नभएर यस मोटरसाइकलमा SmartXConnect फिचर रहेको छ जसको सहायताले मोटरसाइकलमा ब्लुतुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिंग,लीन एङ्गल मोड, साथै कल र एसएमएस एलर्ट जस्ता आधुनिक सेवा जडान गरिएका हुन्छन् जसले बाटोमा यात्रा गर्दा अरु सामान्य मोटरसाइकल भन्दा अतिरिक्त फाइदा दिन्छ। जगदम्बा मोटर्सले नयाँ टिभिएस अपाच्चे आरटिआर १६०फ फो्र भि आर टि एफ आइ विथ विएस ६ काठमाडौँमा असार ९ गते सार्वजनिक गर्ने जनाएको छ । सो कार्यक्रम प्रख्यात नेपाली ब्यान्ड Cobweb तथा नेपालको विभिन्न मोटो भ्लोगर्सको साथै जगदम्बा मोटर्सको प्रतिनिधिहरुको उपस्थितिमा हुनेछन।
जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।
अर्थ चाैतारी ।