logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • एनएमबि बैंकका ग्राहकलाई धनगढीको भाटभटेनीमा किनमेल गर्दा फाइदै–फाइदा

    एनएमबि बैंकका ग्राहकलाई धनगढीको भाटभटेनीमा किनमेल गर्दा फाइदै–फाइदा

    1.8K
    SHARES
    एनएमबि बैंकका ग्राहकलाई धनगढीको भाटभटेनीमा किनमेल गर्दा फाइदै–फाइदा

    काठमाण्डौ । एनएमबि बैंकले धनगढीको भाटभटेनीमा किनमेल गरी ई–एनएमबी (ओम्नि च्यानल), भिसा डेबिट र क्रेडिट कार्डहरुमार्फत भुक्तानी गर्दा एनएमबि बैंकका ग्राहकले १०% वा रु. ५०० सम्म क्यासब्याक पाउने गरी साझेदारी गरिएको छ।



    यो योजना यही २६ जुनदेखि सीमित अवधिका लागि प्रदेश ७ को धनगढी भाटभटेनीमा सञ्चालन हुँदैछ। एनएमबि बैंकले ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्न यो अभियान सञ्चालन गरेको हो। यो अभियान मुख्यतया प्रदेश ७ को धनगढीमा एनएमबि ग्राहकलाई लक्षित गरी ल्याइएको हो। एनएमबि बैंकले ग्राहकलाई डिजिटल कारोबारहरुको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरु सञ्चालन गर्दै आएको छ।

    एनएमबि बैंक दि फिनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ। एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।


    अर्थ चाैतारी
  • विहिबार, ९ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट