logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • काठमाण्डौको असनमा सेञ्चुरी बैंकको नयाँ शाखा

    काठमाण्डौको असनमा सेञ्चुरी बैंकको नयाँ शाखा

    2K
    SHARES
    काठमाण्डौको असनमा सेञ्चुरी बैंकको नयाँ शाखा

    काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७९ असार ९ गतेदेखि काठमाण्डौ नगरपालिका वडा नं. २५ असन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।



    बैंकका संचालक समिति सदस्य प्राडा गीता प्रधान र वडा नं. २५ का वडाअध्यक्ष राजेश डंगोलले असन शाखाको संयुक्त रुपमा समुद्घाटन गरी सेवा शुभारम्भ गरेका छन्। कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयको उपस्थिति थियो। असन शाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २८ पुगेको छ।

    २०७८ चैत मसान्तसम्ममा बैंकले रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

    देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउन्टरहरु सञ्चालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकको कुल शाखा संख्या १४५ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउन्टर २४ शाखारहित बैंकिङ र ११५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।


    अर्थ चाैतारी
  • विहिबार, ९ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट